थ्री–नेसन्स कपको पहिलो खेलमा नेपालले कीर्गिस्तान यू–२३सँग गोलरहित बराबरी खेल्यो। बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित कीर्गिस्तानविरुद्ध थ्रुपै अवसरहरु सिर्जना गरेपनि नेपाल गोल गर्न असफल रह्यो।
कीर्तिस्तान र नेपालले बराबरी खेलेसँगै बंगलादेश फाइनल पुगेको छ। आफ्नो पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको बंगलादेश ३ अंकका साथ फाइनल पुगेको हो। नेपालले आफ्नो दोस्रो खेल भोली(शनिबार) बंगलादेशको सामना गर्नेछ। खेल दशरथ रंगशालामा ५:३० बजे शुरू हुनेछ।
फाइनल पुग्नका लागि नेपालले उक्त खेलमा बराबरी माग गरे पर्याप्त हुनेछ। सो खेलमा नेपाल बंगलादेशसँग पराजित भएमा कीर्गिस्तान फाइनल पुग्नेछ। राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन्। विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ।