सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।
सांसद् सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा जाने तयारी भइरहेको बताए। उनले माधवकुमार नेपाल भने संसदीय दलको बैठकमा उपस्थित हुने नहुने केही खुलाएनन्।
सांसद् योगेश भट्टराईले पनि बालुवाटारको बैठकमा आफूहरू सहभागी हुने बताएका छन्।