नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू र सांसदहरू उपस्थित बैठकले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ।
आज कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले पार्टीलाई बलियो र विधि, पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको हो।
नेता रघुजी पन्तका अनुसार पार्टीलाई विधि, पद्धति अनुसार चलाउनसमेत आग्रह गरिएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह ३ बजे बालुवाटारमा संसदीय दलको बैठक राखेका छन्। उक्त बैठकमा सांसदहरू सहभागी हुने पनि उनले जानकारी दिए।