भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुनेकाे संख्या १० पुगेको छ। अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ।
बिहीबार राती भएको यस आगलागीमा परेका अन्य ६ जनाको शव निकालिएपछि मृतकको संख्या १० पुगेको प्रहरी उपनिरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका हुन्।
अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताएका छन्। कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ।