अभिनेता सरोज खनाल र अभिनेत्री दीपाश्री निरौलाको फेसबुक ह्याक भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन्। ठगी गर्ने उद्देश्यले फेसबुक ह्याक गरेको पत्ता लागेपछि दुवै जनाले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएका हुन्।
२४ घण्टा बाट ह्याक भएको आफ्नो अकाउन्टबाट ह्याकर्सले २५ हजार ठगीसकेको सरोज खनालले बताए। ह्याकर्सले आफ्नो फेसबुकको दुरूपयोग गरेर न्यूनतम ८० हजारदेखि एक लाख रूपैयाँसम्म मागेको सरोजले बताए।
सरोजको अकाउन्टबाट मेसेन्जरमा आएको कोड नम्बर डायल गर्ने बित्तिकै आफ्नो अकाउन्ट ह्याक भएको दीपाश्री निरौला बताउँछिन्। एक महिनायता अकाउन्ट ह्याक गर्ने ट्रेन्ड बढिरहेको बताएका छन्।