शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ। घाम लागेको छैन भने हावा पनि चलेको छैन। तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ। काठमाडौंको आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन्। हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नु परेको छ।
पोखराबाट काठमाडौं आएको यति एयरको जहाज, बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई जनकपुर पठाइएको छ।
नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ। चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएको छ। धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट भएको छ।