कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको पिकनिक गएका बेला मृत्यु भएको हो। प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए।
वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या देखिएपछि तत्कालै महाकाली अस्पताल पुर्यइएको थियो। त्यहाँ पुर्याउँदा अस्पतालले मृत्त घोषणा गरेको बताइएको छ। सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आएको हुन सक्ने बताएका छन्।
घटनापछि वडाअध्यक्षसँगै पिकनिक गएका अन्य सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।