थ्री–नेसन्स कपको उपाधिका लागि सोमबार नेपालले बंगलादेशसँग भिड्दैछ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ।
नेपाल घरेलु मैदानमा भइरहेको कपको उपाधि जित्ने लक्ष्यमा छ। दशरथ रंगशालमा नेपाल र बंगलादेशले दुईपटक फाइनल खेलमा प्रतिस्पर्धा गरिसकेका छन्। सागको पहिलो संस्करण सन् १९८४ मा भएको फाइनल खेलमा नेपाल विजयी भएको थियो। सागको आठौं संस्करण १९९९ मा भएको फाइनलमा बंगलादेश विजयी भएको थियो।
समूह चरणको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए। नेपालले आफ्नो पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन। थ्री–नेसन्स कपको फाइनलमा नेपाल बंगलादेशविरुद्ध गोल गर्दै लामो समयदेखिको गोलको खडेरी चिर्दै उपाधि जित्ने लक्ष्यमा रहेको छ।
हालसम्म नेपाल र बंगलादेशले २४ पटक एकअर्काको सामना गरेका छन्। तीमध्ये बंगलादेशले १४ खmे जितेको छ। नेपालले ६ खेल जित्दा ६ खेल बराबरीमा सकिएको छ।