सिन्धुपाल्चोकमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना घाइते भएका छन्। सिन्धुपाल्चोक शंखरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन्।
किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो। उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ।