ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराब भट्टराई र माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमाथि सोमबार सुनुवाइ हुँदैछ।
न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ सुरू भएको हो। उक्त रिट सुनुवाइको पहिलो नम्बरमा सुनुवाइ भइरहेको छ।
ललिता निवास जग्गा प्रकरणमा भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै अधिवक्ता वालकृष्ण न्यौपाने रिट दायर गरेका थिए।