सरकारले थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति गठन गरेको छ। उक्त वार्ता समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्।
थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे मागका विषयमा वार्ता गर्ने उद्देश्यले वार्ता समिति गठन गरिएको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए।
तत्काल वार्ता शुरु गर्ने र सहमतिको प्रयास गरिने प्रवक्ता गुरूङले बताए। थारू कल्याणकारी सभाले मुख्य सर्तका रुपमा कारागारमा रहेका सांसद् रेशम चौधरीको रिहाइलाई अघि सारेको छ।