थ्री–नेसन्स कपको फाइनल खेलकाे पहिलाे हाफमा बंगलादेशविरुद्ध नेपालले २ गोलको अग्रता बनाएको छ। शुरुबाटै आक्रामक खेल खेलेको नेपालले १७ औं मिनेटमा पहिलाे गोल गरेको थियो।
नेपालका लागि सञ्जोक राईले पहिलो गोल गरेका थिए। त्यसपछि पनि एकपछि अर्को आक्रमण बुनेको नेपालले खेलको ४१ औं मिनेटमा दोस्रो गोल गरेको हो। नेपालको अग्रता दोब्बर बनाउन विशाल राईले उत्कृष्ट गोल गरेका हुन्।
यससँगै नेपालले आठौं अन्तर्राष्ट्रिय खेलमा रहेको गोल खडेरीको अन्त्य गरेको छ।