नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन्।
मंगलबार सर्वोच्च अदालतमा फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग्दै निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको टिप्पणी गरे।
एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गरेकाे प्रचण्डले बताए।
गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो।