टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाइ चलचित्र ‘सुदूर’मा काम गर्न अफर गरिएको छ। रमेश बुढाथोकीले निर्देशन गर्ने फिल्ममा गरिमालाई अफर गरिएको हो।
गरिमाले यस फिल्ममा काम गर्ने, वा नगर्ने निश्चित भइसकेको छैन। चलचित्रका लागि नायकको रुपमा मुकुन भुषाल फाइनल भइसकेको बताइएको छ। शुरुमा नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का भएको थियो। तर, समयमै सुटिङ शुरु नहुँदा उनी फिल्ममा काम नगर्ने मनस्थितिमा पुगिन्।
त्यसपछि फिल्ममा नायिका रेश्मा घिमिरेलाई अफर गरियो। घिमिरेले पनि चलचित्रमा काम गर्न अस्वीकार गरेपछि निर्माण पक्षलाई नायिका खोज्न मुश्किल परेको हो। रेश्मापछि चलचित्रमा काम गर्ने अफर म्यूजिक भिडियोमा जमिरहेकी मोडल उषा उप्रेतीसम्म पुगेको थियो।