दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङ मंगलबार साँझ पक्राउ परेका हुन्। उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।
सिआओलङ ज्याठास्थित होटल मोन्टिसको ४०५ नम्बर कोठामा बस्ने गर्थे। त्यहाँ पुग्दा प्रहरीले विभिन्न सामग्रीहरू बरामद गरेको छ। उनको साथमा १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।