ब्राजिलमा सेना, ९ सेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएका यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएक छज्। राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिएकाे बताइएको छ।
राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक संकट जेलिरहेका यस अवस्थामा पुन:सेनातर्फका तीन ओटा उच्च पदबाट राजिनामा आएको समाचारले जानकारी दिएको छ। राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, ९ सेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु यहाँको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ।
गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए। बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ।
सन् २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक संकटको सामना गर्नुपरेको छ। कोरोना भाइरस संक्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ।
ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा संक्रमण पुष्टि भएको छ।