जीपलाइन मिडिया नेटवर्कले आयोजना गरेको ‘कि अफ लाइफ, स्क्रिप्ट लेखन प्रतिस्पर्धामा शून्य मानवद्वारा लिखित ‘मुक्ति’ प्रथम भएको छ। त्यस्तै, विभुशिलाको ‘कर्तव्य’ले दोस्रो स्थान हासिल गरेको छ।
त्यसैगरी, शम्भुराम घिमिरेद्वारा लिखित ‘माया’ तेस्रो भएको छ। उत्सव तिवारीको ‘सम्बन्ध’, टोपेन्द्र ढकालको ‘जितेको हार’, प्रकृति भट्टराईको ‘समय’, एत्तिजला श्रेष्ठको ‘फर्केर हेर्दा’ ले सान्तवना पुरस्कार पाएको छ।
सान्तवना पुरस्कार पाउने अन्य कृतिहरुमा रविन्द्र अधिकारीको ‘खोला किनारको जिन्दगी’, महेन्द्र जुनिएरको ‘जिन्दगीको गोरेटो’, पेमा ल्हमु शेर्पाको ‘सपनाहरु’ र केडिप आनन्द लाजतीको ‘एकादेशमा’ रहेको छ।