नेपाल कमर्स क्याम्पस(एनसिसि) मा नेपाल विद्यार्थी संघ(नेविसंघ)का विद्यार्थीहरुबीच झडप भएको छ। गत साेमबार भएकाे झडपमा दुई विद्यार्थी नेता घाइते भएका छन्।
घाइते हुनेमा विद्यार्थी नेताहरु बिष्णु हरि खड्का र रबिन्द्र रोकाय रहेका छन्। नेविसंघ एनसिसि इतर पक्षका विद्यार्थीले आफूहरुमाथि आक्रमण गरेको घाइते भएका विद्यार्थी नेता खड्काले जानकारी दिएका छन्।
विद्यार्थीहरुको छात्रवृत्तिका सम्बन्धमा प्रशासनमा छलफल गर्दै गर्दा उनीहरुमाथि आक्रमण भएको हो। विद्यार्थी नेतामाथि आक्रमण गर्नेहरु क्याम्पस परिसरभित्र हतियारसहित प्रवेश गरेको पीडित पक्षकाे आराेप छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजमा हतियारसहित विद्यार्थीहरु प्रवेश गर्नु र विद्यार्थी नेतामाथि कुटपिट हुनुले विश्वविद्यालय, कलेज प्रशासन र विद्यार्थी राजनीतिको स्तर प्रतिबिम्बित भएको विद्यार्थी नेताहरुले बताएका छन्।