प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले ‘राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गरेका हुन्।
यस्तै बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ र ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरे।