गैरसरकारी संस्था इक्साना नेपालले तारकेश्वर नगरपालिका–४ को लोलाङस्थित एक बालगृहमा खाद्यान्न वितरण गरेको छ।
१७ जना दृष्टिविहीन बालबालिका रहेको बालगृहमा पोषणयुक्त खानाको अभाव देखिएपछि इक्साना नेपालका सदस्यहरूले आर्थिक संकलन गरी खाद्यसामग्री प्रदान गरेका हुन्।
खाद्यान्न वितरण गरेपछि इक्साना नेपालका अध्यक्ष प्रभात पौडेलले स्थापनाकालदेखि नै आफ्नो संस्थाले सामाजिक कार्य गर्दै आएको बताएका छन्।
त्यसैगरी, इक्साना नेपालका सल्लाहकार तथ समाजसेवी नारायण रेग्मीले पोषणयुक्त आहार खान पाउन बालबालिकाको नैसर्गिक अधिकार रहेको बताए। बालगृह व्यवस्थापनका तर्फबाट विनोद काफ्लेले सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।