नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्। उनीहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरेका हुन्।
यसअघि उनले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेका थिए। गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।