उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्रेयाटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो।
त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जानकारी दिएको छ। बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ।
ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जानकारी दिएको छ। प्राप्त समाचारअनुसार यहाँका एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ।
त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन्। ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जानकारी दिएको छ।
सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन्। उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका यहाँको सैनिक स्रोतले जानकारी दिएकाे छ। हत्याको कारण खुल्न सकेको छैन। यहाँको सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ।