गुल्मीमा वनमा लागेको डढेलोमा परेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियार रहेकी छिन्।
सल्ला सामुदायिक वनको डढेलोमा जलेर उनको मृत्यु भएर उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा उनको मृत्यु भएको हो।