ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटना हुँदा कम्तीमा ५० यात्रीको मृत्यु भएको बताइएको छ।
त्यहाँको प्रहरीले यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको र अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जानकारी दिएको थियो। उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्याइएको छ।
ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन्। रेलमा ४ सय ९० यात्री रहेका थिए। उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन्। मृतककाे संख्या अझ बढ्ने आशंका गरिएको छ।