प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पदबाट राजीनामा गर्ने बताएका छन्।
एमाले अध्यक्ष ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै दिनैपिच्छे राजीनामा माग्ने गरेको र सञ्चारमाध्यमहरूले त्यसलाई नै मुख्य समाचार बनाएको बताएको बताएका छन्।
‘आज मागेको हो र राजीनामा, मागेको माग्यै छन् त, मागेपिच्छे म कसरी दिनसक्छु, एउटाले माग्दैन, दुई वटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन, माग्या छ माग्या छ,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने र राजीनामा मागिरहने गरेको बताए। ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ ओलीले भने।