स्पेनिस क्लब बार्सिलोनाका युवा फरवार्ड आन्सु फाती घुँडाको चोटबाट ग्रस्त छन्। चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेका फातीलाई विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोले प्रेरणात्मक सन्देश पठाएका छन्।
आफ्नो इन्स्टाग्रामको स्टोरीमा रोनाल्डोले ‘लेट्स् गो आन्सु फाती, तिमी छिट्टै मैदान फर्किने छौ। गो फर इट’ भनेर फातीले जिममा ट्रेनिङ गरिरहेको भिडियो राखेका छन्।
फाती चोटमुक्त हुनका लागि प्रयास गरिरहेका छन्। यस्तोमा रोनाल्डोले उनलाई प्रोत्साहित गर्नका लागि सन्देश पठाएका हुन्।