नेकपा एमालेको माधवकुमार नेपाल समूहले दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो।
प्रधानमन्त्री ओलीसँगको दुरी बढ्दै गरेको अवस्थामा नेपाल समहूले संगठन निर्माण र सुदृढीकरण अभियान घोषणा गर्नुले दुई पक्षबीचको विवाद झन् उत्कर्षमा पुगेको छ।