सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण देखिएको छ। कञ्चनपुर, डडेल्धुरा र डोटीका उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो।
उनीहरु कैलालीको त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएका हुन्। एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो।
अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्।