पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। वैदेशिक रोजजारीमा गएका १२ जना नेपालीहरूको शव आज विमानस्थलमा आउने खबर पाएपछि उनी विमानस्थल पुगेका हुन्।
यीमध्ये दुई जना गोरखाका थिए। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट आज बिहान ल्याइएको थियो।
आफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममाः निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेको बताइएको छ।