नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे नेपाल–खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट बागमती प्रदेश सभाका सांसद् बसन्त मानन्धरको नेतृत्वमा उक्त समूहले जिल्ला कमिटी घोषणा गरेको हो।
आजको कार्यक्रममा नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि उपस्थित थिए। एमालेको काठमाडौं जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन्।
यसअघि ओलीले नेता नेपाल र अन्य नेताहरूलाई पार्टीबाट निलम्बन गरेपछि खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाउन शुरू गरेको छ।