कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले सोमबारसम्ममा राजीनामा दिने प्रतिवद्धता जनाएका हुन्।
नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकोसाथ छोडेपछि उनको सरकार अल्पमतमा परेको छ। शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्।
एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो। तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए।