नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन्। जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन्।
उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको बताइएको छ। अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनी पक्राउ परेकी हुन्।