नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङ एसिशाकै साताको उत्कृष्ट खेलाडी घोषित भएका छन्। विभिन्न देशका ९ प्रतिस्पर्धीलाई पछि पार्दै किरण साताको उत्कृष्ट खेलाडी बनेका हुन्।
हप्ताभरी भएका अन्तर्राष्ट्रिय फुटबल खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका १० खेलाडीको नाम नोमिनेशनमा परेको थियो। नोमिनेशनमा पर्ने अन्य खेलाडीहरुमा युएइका अलि मबखाउट, कतारका मोहम्मेद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोउन, साउदी अरेबियाका सलेह अल शेह्री, इराकका अला अलि म्हावी, बहराइका मोहमेद मर्हुन, जोडर्नका मुसा अल तमारी, ताजिकिस्तान अलिशेर डहालिोभ रहेका थिए।
नेपालले गत साता घरेलु मैदानमा थ्री–नेसन्स कप जित्दा किरणले नेपाली टिमको कप्तानी गरेका थिए। ३ खेलमा किरणले एक गोल खाएका थिए भने २ खेलमा क्लिन सिट राखेका थिए।
उत्कृष्ट खेलाडी घोषित भएपछि किरणले सामाजिक सञ्जालमार्फत खुशी साटेका छन्। ‘पुनः खुशी हुने पल, एशियाकै साताको उत्कृष्ट खेलाडी बनेँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो लागि यो वर्ष निकै भाग्यशाली रहेछ।’
त्यस्तै, उनले यो एक उपलब्धी भएको जानकारी दिँदै हामी सबैका लागि गर्वको क्षण भएको बताएका छन्। कप्तान चेमजोङले भोट गर्नेहरु सबैलाई धन्यवाद पनि दिएका छन्।