नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ।
सोमबार दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको हो। अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने भएको हो।
गत पुस १२ गते तत्कालीन नेकपाको माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहका ३७ जना सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो।