स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उच्च विन्दुमा पुग्नसक्ने बताएका छन्।
आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताएका हुन्।
पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको उनले बताए। यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो। भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीको भनाई थियो।