नेपाल सरकारले व्यवसायी किशोर प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार प्रधानलाई सञ्चालकमा नियुक्त गरेका हुन्।
नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ।
निगममा उनको कार्यकाल ४ वर्षको हुनेछ। प्रधान नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष पनि हुन्। मोरङका प्रधान १८ दिनअघि मात्र एमालेमा प्रवेश गरेका थिए। उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए।