नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र छोडेर एमालेतिर गएका नेताहरुप्रति आक्रोश व्यक्त गरेका छन्। मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता नेताहरुलाई साथ दिएर आफूले गल्ती गरेको बताएका छन्।
‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ। शायद मैले गल्ती गरेँ,’
एमाले अध्यक्ष ओलीतिर लागेका रामबहादुर थापालाई लक्षित गर्दै उनले भने।
प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहहरुले महत्व पाएको स्वीकार गर्दै गल्तीको लागि आत्मआलोचना गरेका हुन्। यद्यपि आफूले कहिल्यै देश र जताको हितमा दायाँबायाँ नगरेको उनले दाबी छ।