गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन्। बुधबार विहान बसेको माओवादी संसदीय दलको बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको हो।
गण्डकी प्रदेश सभाको बैठक बुधबार १ बजे बस्दैछ।