सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो।
यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेको थियो। त्यसको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो। बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ।