नेपाल क्म्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार मन्त्रीलाई कारवाही गरेको छ। बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रले कारवाही गरेका चार जना मन्त्रीको सांसद् पद खोसिएको घोषणा गरिने भएको छ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद् सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिएका थिए।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन्। सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि जानेछ।