युइएफ च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)सँग ३–२ गोलले पराजित भयो।
बार्यनको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन केलियन एमबाप्पेले दुई गोल र मार्क्वीनाेसले एक गोल गरे। बायर्नका लागि इरिक चाउपो र थोमस मुलारले गोल गरेका थिए।
खेलको ३ मिनेमा नै एमबाप्पलेले गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए। २८ औं मिनेटमा मार्क्वीनाेसले पाहुना टोलीको अग्रता दोब्बर बनाए। ३७ औं मिनेटमा इरिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
प्रतिस्पर्धात्मक खेलको ६० औं मिनेटमा थोमसले बायर्नका लागि बराबरी गोल गरे। उच्च लयमा रहेका एमबाप्पेले ६८ औं व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको जीत पक्का गरे।
हारपछि बार्यनका मुख्य प्रशिक्षक ह्यान्सी फ्लिकले आफ्नो टिमले अवसरहरु पाए पनि सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिएका छन्। ‘विपक्षीले थोरै अवसरबाट ३ गोल गरे तर, हामीसँग धेरै अवसरहरु थिए,’ कोच फ्लिकले भने, ‘हामीले सकरात्मक नजिता निकाल्न सक्नुपर्थ्याे तर, त्यो हुन सकेन। जे भए पनि म टिमको खेलसँग सन्तुष्ट छ।’
फ्लिकले पहिलो लेग खेलको पहिलो हाफ भएको जानकारी दिँदै आफूहरुसँग समय रहेको बताएका छन्। त्यस्तै, बायर्नका स्ट्राइकर थोसम मुलारले धेरै अवसरहरु भए पनि २ गोल मात्र भएको बताएका छन्।
उनले दोस्रो लेगमा आफूहरुले धेरै गोल गर्नुपर्ने जानकारी दिएका छन्। ‘हामीले धेरै गोल गर्नुपर्नेछ,’ मुलारले भने, ‘हाम्रो ध्यान दोस्रो लेगमा केन्द्रीत गर्नुपर्छ। आशा छ, हामी नजिता उल्टाउन सक्छौं।’