नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद् गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्मा आएर बहस गर्न चुनौती दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद् थापाले ओली नेतृत्वको सरकार बनेको तीन वर्षमा के–के काम भए भन्ने बहस गर्न खुला चुनौती दिएका हन्।
नेता थापाले यसका लागि प्रतिनिधिसभामा बहस गर्न आफूहरू तयार रहेको उद्घोष गरे। ‘तीन वर्षमा के–के भए संसदमा बहस गरौं, तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु,’ थापाले भने।