नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गर्ने निर्णय संसद् सचिवालयलाई प्राप्त भएको र सोही अनुरुप चारै जनाको सांसद् पद रिक्त रहेको घोषणा गरेका हुन्।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद् सचिवालयलाई पत्र पठाएका हुन्। प्रचण्डले एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद् पदमुक्त हुन्छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा चार जना नै मन्त्री छन्।