सुडानको पश्चिमी डारफर क्षेत्रमा डरलाग्दो जातीय दंगा भएको छ। उक्त दंगामा परी १ सय ३२ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
शनिबारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो। सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ।