स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। दोस्रो लहरको कोरोनाभाइरस थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ।
विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएको छ। पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।