नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। माओवादी केन्द्र दल परित्याग गरेको नेकपा एमाले प्रवेश गरेको सूचना संसद सचिवालयमा पठाएको बताइएको छ।
अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ। यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो।