बाघको आक्रमणमा परेका एक गोठालाको ज्यान भैँसीले बचाएको छ। भारतको मध्यप्रदेशको उमारिया जिल्लाका २६ वर्षीय लल्लु यादवको ज्यान भैसीँहरुले बचाएको हो।
जंगलमा भैंसी चराएर फर्किने क्रममा बाघको आक्रमणमा परेका उनलाई आफूले पालेका भैंसीहरु झुण्डमा आएर बाघलाई धपाएको यावदले बताएका छन्। भारतको बांधवगढ टाइगर रिजर्भको पनपथा कोर जोनमा ती उनी बाघको आक्रमणमा परेका थिए। आक्रमणमा परेर घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले बाच्ने आशा मरिसकेको बेला आफैंले पालेको भैसीँहरुले ज्यान बचाएको जानकारी दिएका छन्। उनको मानपुर सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यादवका अनुसार सधैंझैं उनी करिब ३ बजेतिर भैंसीहरुलाई पानी खुवाएर उनी गाउँतिर फर्किंदै थिए।
फर्किने क्रममा अचानक उनलाई पछाडिबाट बाघले आक्रमण गर्यो। त्यसपछि उनका भैंसीहरुले तत्कालै झुण्डमा आएर बाघमाथि आक्रमण गर्न खोजे। भैंसीहरुले आफूलाई घेरा हालेको देखेपछि बाघ डराएर भाग्यो।