नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा भएका छन्। शुक्रवार साँझ प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरूको सरुवा गरेको हो। प्रत्येक १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन।
प्रहरी प्रधान कार्यालयको सूचीअनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा गरिएको छ। काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई पठाइएको छ।
काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्काको सरुवा भएको छ।
रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बेलहियामा नविन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञान बहादुर माझी र सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरीलाई पठाइएको छ।
पूर्वी नवलपरासी स्थित ईलाका प्रहरी कार्यालय गैँडाकोटमा लक्ष्मी पाण्डे खनालको सरुवा गरिएको छ।
https://drive.google.com/file/d/1c1SAbamyeVXeQGraFqMofBRx3w0ioNdV/view