काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा डढेलो लागेको छ। आइतबार बिहान १० बजदेखि शुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन।
डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको बताइएको छ।
दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ।