पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिले नेपाली राजनीतिमा बेलाबेला नयाँ तरंग पैदा गरिरहेको हुन्छ। गणतन्त्र स्थापनाका लागि फ्रन्टलाइनमा देखिएका नेताहरुले पनि बेलाबेला पूर्वराजा ज्ञानेन्द्रको गतिविधिमा आशंका व्यक्त गरिरहेका हुन्छन्।
यसो त, शीर्ष नेताहरुले बेलाबेलामा व्यवस्था नै संकटमा पर्न लागेको अभिव्यक्ति दिइरहेका हुन्छन्। वर्तमान राजनीतिक दलहरुको कार्यशैलीले व्यवस्थामाथि नै प्रश्न उठेको छ र जनतामा वितृष्णा पैदा भएको छ। नेपालमा राजतन्त्र पुनर्बहालीको आवाज पनि उठिरहेको हुन्छ। राजावादीहरुको गतिविधि बढिरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणले फेरि नेपाली राजनीतिमा तरंग ल्याइदिएको छ।
पूर्वराजा ज्ञानेन्द्र कुम्भस्नानका भारत गए। त्यहाँ उनले भारत सरकारबाट बहालवाला राजाकै हैसियतमा सम्मान पनि पाए। शाहले सम्मान पाउँदा यहाँका राजनीतिक दलका नेताहरू शशंकित बनेका छन्। ज्ञानेन्द्रले हरिद्वारमा स्नान गर्दा नेपाली राजनीतिमा हल्लाखल्ला नै शुरु भएको छ। नेताहरु आफैंले गणतन्त्र कमजोर बनिरहेको टिप्पणी गर्नु र पूर्वराजा शाहका पछिल्ला गतिविधिले गर्दा आशंका गर्नुपर्ने अवस्था आएको बताइन्छ।
भारतको उत्तराखण्डस्थित हरिद्वारमा हरेक १२ वर्षमा लाग्ने कुम्भमेलामा सोमबार २० लाख भन्दा बढीले गंगा स्नान गरेका थिए। पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा गंगा स्नान गर्न जाने गर्छन्। सोमबार दिउँसोसम्म २१ लाख भन्दा बढीले गंगा स्नान गरेको कुम्भमेला आयोजकले दाबी गरेको छ।
शिवरात्रीको दिन शुरु भएको कुम्भ मेला दुई महिनादेखि निरन्तर छ। कुम्भ मेला भारतका चार सहर अल्लाहबाद, हरिद्वार, नासिक र उज्जैनमध्ये एक सहरमा आयोजना हुने गरेको छ। यसपटकको मेलाको लागि हरिद्वार छानिएको हो। सोमबारको शाही स्नानमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका थिए। शाहको भारत भ्रमण र उनको भेटघाटले नेपाली राजनीतिमा पूर्वराजाको सक्रियता बढ्न लागेको अड्कलबाजी शुरु भएको छ।
यसैबीच, जनता समाजवादि पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वराजा भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको बताउँदै उनले शाह नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जाँच्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका हुन्।
भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने नेता शेर्पाले बताए।
भारतमा राजा बन्न गएका ज्ञानेलाई नेपाल प्रवेशमा रोक लगाउनु पर्छ ! (१) नेपाली नागरिकता : भारतमा हिन्दु जोगीको आर्शिवादले...
Posted by Ang Kaji Sherpa on Tuesday, April 13, 2021